Logo
Logo

चौका दाउलाई ‘पिजी’ सर्टिफिकेट



काठमाडौं । सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र चौका दाउ २७ पुषबाट देशव्यापी रिलिज हुँदै छ । पूणेन्दू झाको निर्देशन रहेको चौका दाउ प्रदर्शनका लागि सेन्सर पास भएको छ ।
यो चलचित्रलाई केन्द्रिय चलचित्र जाँच समितिले १६ वर्ष मुनीका बालबालिकाले अभिभावकको सहयोगमा हेर्न मिल्ने गरी पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिएको छ । चलचित्र हास्यप्रधान रहेको निर्देशक झाले बताएका छन् ।
चलचित्रका निर्माता सौर्यजित बासकोटा र मनोज राजभण्डारी हुन् । यो चलचित्रमा दीर्घ गुरुङको छायाँकन रहेको छ भने मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन छ ।
यस चलचित्रमा बरिष्ट संगीतकार शम्भूजित बासकोटाको संगीत रहेको छ । चलचित्रको परिकल्पनाकार, कथाकार पनि बासकोटा नै हुन् । चौका दाउमा सन्तोष पन्त, तैयव शाह वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, श्याम राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय छ ।
चलचित्रको प्रोडक्सन म्यानेजर सुवासराज काफ्ले हुन् भने प्रोडक्सन सुपरभाइजर नरेन्द्र खड्का रहेका छन् । पटकथा अभिमन्यू निरवीको लेखेका हुन् । चलचित्रलाई विके फिल्म्स्ले काठमाडौं र एफडीले मोफसलमा बितरण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्