काठमाडौं । निजामती प्रशासनमा यो साता नयाँ राष्ट्रिय संगठन जन्मने भएको छ । नेपाल निजामती कर्मचारी संगठनलाई पुर्नगठन गरी नयाँ संगठन स्थापना गर्न लागिएको हो ।

त्यसका लागि १४ र १५ माघमा राष्ट्रिय भेला आह्वान गरिएको छ । नेकपा(एकीकृत समाजवादी) निकट कर्मचारीले संगठन पुर्नगठन गर्न लागेका छन् ।
राष्ट्रिय भेलाले नयाँ संगठनको नामाकरण गर्ने भएको छ । त्यस्तै, नयाँ नेतृत्व पनि चयन गर्ने नेता शरण गुरुङले जानकारी दिए । संगठनको नेतृत्वका लागि भोलानाथ पोखरेल, मोहन घिमिरे, राजन रेग्मी, गगन बिष्ट लगायत प्रतिस्पर्धामा छन् ।
यसअघि नेकपा(एकीकृत समाजवादी) तर्फ नै लागेका आरसी अधिकारी र रेवन्त गौतम भने पुरानै संगठनमा फर्किएका छन् । संगठन दुई वटा हुने भएपछि सिंहदरबारअघिको संगठनको भवन कसले लिने भन्ने विवाद छ । जसकारण त्यहाँ विगत ५ महिनादेखि ताला लागेको छ । नयाँ बन्न लागेको संगठनले विभिन्न जिल्लामा आफु अनुकुल पुनगर्ठन गरिसकेको छ ।












