Logo

रुँदै घर फर्किए सुगतरत्न


Published On : 4 June, 2019

काठमाडौं । यो सतीले सरापेको देशमा जुनसुकै राजनीतिक व्यवस्था भए पनि यो देशलाई राम्रो गर्छु भन्नेहरुको कहिले पनि भलो हुन्न भन्ने कुराको पछिल्लो उदाहरण सुगतरत्न कंशाकार बनेका छन् । नेपाल टेलिकमको सुधारमा उल्लेखनीय भूमिका खेलेर कुशल व्यवस्थापकका रुपमा चर्चा कमाएका कंशाकारलाई उनको यही विश्वासमा तत्कालीन पर्यटनमन्त्री हिसिला यमीले ०६५ कात्तिक २२ गते नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सुम्पिएका थिए । उनी आफ्नो दोस्रो कार्यकाल पूरा गरी गत जेठ १३ गते सोमबार रुँदै घर फर्कनुपरेको छ ।

निगमको अहिले मासिक आम्दानी एक अर्ब रुपैयाँ भन्दा बढी छ । तर, निगमलाई घाटा देखाउन उनले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको रकमसमेत तिरेका छैनन् । निगमले हचुवाको भरमा दुईवटा वाइडबडी जहाज खरिद गरेर निगमलाई यो अवस्थामा पु¥याएको झूठो प्रचार गरेर उनले एउटा वाइडबडी जहाज टर्किस एयरलाइन्सलाई भाडामा दिएर मासिक करोडौं कमिशन खाने योजना बुनिरहेका छन् । यो भनेको देशकै दुर्भाग्य हो ।

२०६५ सालमा निगमको महाप्रबन्धक हुँदा उनी जति उत्साही बनेका थिए, २०७६ सालमा घर फर्कदा उनी त्यत्तिकै निराश बने । यो उत्साह र निराशको बीचमा उनले निगमलाई उठाउन धेरै संघर्ष गर्नुप¥यो । त्यो संघर्षभित्र अख्तियारले उनीमाथि गरेको अन्यायको पाटो पनि समेटिएको छ । तर, उनले जीवनमा कहिले पनि हार खाएनन् । बरु, जहाजविहीन निगमलाई दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी जहाज सुम्पिएर उनी त्यहाँबाट बिदा हुन बाध्य भए । उनी भन्थे– ‘बरु जेल जान्छु, जहाज नकिनी छाड्दिनँ ।’

उनले पहिलो नियुक्तिसँगै निगम प्रवेश गर्दा नेपालको चन्द्र, सूर्यअंकित ध्वजाबाहक जहाजलाई दक्षिण कोरिया, जापानको नारिता, चीनको ग्वाङझाओ मात्र होइन, अमेरिकाको न्यूयोर्क, अष्ट्रेलियाको सिड्नी र युरोपको ब्रसेल्ससम्म पु¥याउने सपना देखेका थिए । त्यो सपना पूरा गर्न उनले २०६५ सालमै दुईवटा वाइडबडी, चारवटा न्यारोबडी जहाज किन्ने निर्णय गरे । उनको यो सपनााथि अख्तियारका तत्कालीन प्रमुख भगवती काफ्लेले तातोपानी खन्याए । उनलाई भ्रष्टाचारको आरोपमा मुद्दा चलाएर निगमको भविष्यलाई अन्धकारमा धकेले । यसका पछाडि हवाई माफियाहरुको ठूलो भूमिका थियो । हवाई माफियाहरु निगम डुबाएर निगमको सम्पत्ति खाने दाउमा थिए । त्यसैले हवाई माफियाहरुले निगमलाई उठ्न नदिन ०४८ सालदेखि विभिन्न षड्यन्त्र गर्दै आए । हवाई माफियाका लागि कंशाकार आँखाको कसिंगर बने । हवाई माफियाले जहाज किन्न नदिन अख्तियारको प्रयोग गरे ।

यदि अख्तियार हवाई माफियाको षड्यन्त्रमा नफसेको भए, यो दश वर्षमा निगमसँग चारवटा वाइडबडी, छ वटा न्यारोबडी जहाज हुन्थ्यो होला । नेपालको ध्वजावाहक संसारभर छरिएर बसेका नेपालीकहाँ सम्म पुगेको हुन्थ्यो होला । सन् २०२० मा २० लाख पर्यटक पु¥याउने योजना आजसम्म पूरा भइसक्थ्यो होला । नेपालको अर्थतन्त्रमा नेपाल वायुसेवा निगमले उल्लेख्य योगदान पु¥याएको हुन्थ्यो होला ।

तर, दुर्भाग्य ‘सुखी नेपाली, समृद्ध नेपाल’को सोच बनाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना इमान्दार, योग्य कर्मचारीलाई चिन्न सकेनन् र कंशाकरलाई असफल बनाउन सरकारले कार्यकारी अध्यक्षका रुपमा मदन खरेललाई ल्याएको छ । खरेल तिनै व्यक्ति हुन्, जसले दुईवटा न्यारोबडी जहाज खरिद गर्दा एक अर्ब ५० करोड भ्रष्टाचार गरेका थिए । उनीमाथि तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले छानबिन थालेपछि उनी राजीनामा दिएर भागेका थिए । तिनै भगौडालाई अहिले सरकारले निगमको जिम्मेवारी सुम्पिएको छ ।

तर, यसबीच मदन खरेलको नेतृत्व असफल भएको छ । खरेल निगको कार्यकारी अध्यक्षमा नियुक्त हुनासाथ उनले निगम सञ्चालन खर्च २० अर्ब रुपैयाँ सरकारसँग मागेका थिए । उक्त रकम सरकारले अहिलेसम्म निगमलाई दिएको छैन । निगमको अहिले मासिक आम्दानी एक अर्ब रुपैयाँ भन्दा बढी छ । तर, निगमलाई घाटा देखाउन उनले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको रकमसमेत तिरेका छैनन् । निगमले हचुवाको भरमा दुईवटा वाइडबडी जहाज खरिद गरेर निगमलाई यो अवस्थामा पु¥याएको झूठो प्रचार गरेर उनले एउटा वाइडबडी जहाज टर्किस एयरलाइन्सलाई भाडामा दिएर मासिक करोडौं कमिशन खाने योजना बुनिरहेका छन् । यो भनेको देशकै दुर्भाग्य हो ।

कार्यकारी अध्यक्ष खरेल सक्षम भइदिएको भए उनको कार्यकालमा आन्तरिक उड्डयानको लागि ल्याइएको ६ वटा चिनियाँ जहाज ६ महिनादेखि थन्किने थिएन । उनले जानीजानी निजी क्षेत्रका एयरलाइन्सहरुसँग मिलेर आफ्ना जहाज ‘ग्राउन्डेड’ गरेको थन्क्याएको कुरा निगमका कर्मचारीहरु बताउँछन् । त्यति मात्र होइन, निगमको आन्तरिक उड्यान रद्द भएको खण्डमा कुनै एक निजी क्षेत्रको विमान कम्पनीबाट निगमका यात्रु उडाउने सहमतिसमेत गरेका छन् । यो निगम डुबाउने खेल हो । नेपालको आन्तरिक उड्यानमा निगमको कमजोर उपस्थितिको फाइदा निजी क्षेत्रका कम्पनीहरुले उठाइरहेका छन् । यात्रुहरु निजी विमान कम्पनीले जति भाडा तोक्यो, त्यो तिर्न बाध्य छन् । यही कुरालाई ध्यानमा राखेर कंशाकरले शहरी क्षेत्रका विमानस्थलमा दुईवटा एटिआर र दुर्गम पहाडी क्षेत्रका लागि चार वटा ट्वीनअटर जहाज किन्ने घोषणा गरेका थिए । ती सबै योजना खरेलले चपाएर खाइसकेका छन् ।

देश बनाउन ठूलो कुरा गरेर मात्र हुँदैन । आफूसँग भएको स्रोत साधनको पनि भरपूर उपयोग गर्नुपर्ने हुन्छ । निगमसँगै स्थापना भएको थाइ एयरलाइन्स आज विश्वका हरेक कुना काप्चा पुग्न सफल भएको छ । इथोपियाजस्तो गरिब देशमा आज ४० भन्दा बढी जहाज छन् । नेपालबाट शान्ति मिसनमा जानेहरुलाई समेत इथोपियन एयरलाइन्सले सेवा दिएको छ । विश्वका धेरै देशको पर्यटन प्रवद्र्धन र अर्थतन्त्रमा हवाई सेवाको ठूलो योगदान छ ।

तर, दुर्भाग्य स्थापनाको ६० वर्षमा निगम आफूले किनेको ४ वटा एयरबसको व्याज तिर्न नसक्ने अवस्थामा छ । भएको ६ वटा चिनियाँ जहाज ग्राउन्डेड गरेर बसेको छ । पुराना तीनवटा ट्वीनअटर जहाज पनि प्राविधिक कारण देखाएर आफ्नो उड्यान स्थगित गरेर निजी क्षेत्रको सेवामा समर्पित छ । यस्तो भ्रष्ट, असक्षम नेतृत्वले निगमको विकास गर्छ भन्ने विश्वास सरकारले कसरी ग¥यो र खरेलजस्ता भगौडालाई कुन माफियाको आदेशमा पुनः नियुक्ति दिइयो भन्ने कुरा निगमका नेकपा समर्थक कर्मचारीहरुले प्रश्न उठाउन थालेका छन् ।

सन् २०१७ को तथ्यांकअनुसार ट्राभल र टुरिजम् बाट विभिन्न मुलुकको कुल ग्राहस्थ उत्पादन, जिडिपीमा भएको योगदानको कुरा गर्दा माल्दिभ्समा ७६.६ प्रतिशत, क्याम्बोडियामा ३२.४५, थाइल्याण्डमा २१.२५, फिलिपिन्समा २१.१५, हंगकंगमा १६.७, मलेशियामा १३.४५, श्रीलंकामा ११.६५, चीनमा ११५, सिंगापुरमा १०.२, भारतमा ९.४५, र नेपालमा ७.८ ५ छ । पर्यटन उद्योगको लागि चाहिने ‘कच्चा पदार्थ’ प्रशस्त भएको मुलुक नेपालमा पर्यटन उद्योगबाट भएको यसरी निकै कम आम्दानीलाई हेरेर पनि वायुसेवा निगमलाई प्राथमिकता दिएर सरकार अघि बढ्नुपर्ने हो । तर, सरकारको प्राथमिकतामा निगम नपरेकोले निगम डुबाउन खरेलजस्ता ‘अक्षम’लाई कार्यकारी प्रमुखको जिम्मेवारी सुम्पिएको छ ।

खरेलको बारेमा सरकारले गरेको निर्णय समयमै सच्याइएन भने सन् २०२० को भ्रमण वर्षलाई ठूलो क्षति मात्र होइन, त्यतिबेलासम्म निगम पूरै टाट पल्टेको अवस्थामा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्