Logo
Logo
राष्ट्रियसभा निर्वाचन

सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी



काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।

गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र कांग्रेस नारायण मिश्र विजयी भएका हुन् । एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्ट पराजित भए ।

बुधबार बिहान भएको मतदानमा सुदूरपश्चिम प्रदेशमा ५२ प्रदेश सांसद र १७६ जना स्थानीयका प्रमुख उपप्रमुख गरी २२८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्