Logo
Logo
राष्ट्रियसभा निर्वाचन

सुदुरपश्चिममा गरिमा शाह र प्रदेश १ मा जयन्ती राई विजयी



धनगढी । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्र्तगत सुदुरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार गरिमा शाह (मदनकुमारी शाह) विजयी भएका छन् ।

आज भएको मतगणनामा शाह नेकपा एमालेका उम्मेदवार सन्तोषीकुमारी शर्मा (थापा)लाई पराजित गर्दै विजयी भएका हुन् ।

निर्वाचन आयोगले शाह निर्वाचित भएको आधिकारिक घोषणा गर्न बाँकी छ । सुदूरपश्चिम प्रदेशमा अन्य र दलिततर्फका उम्मेदवारको मतगणना भने जारी छ ।

दलित तर्फको एक सिटका लागि दुई जना प्रतिपस्पर्धामा रहेका छन् । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका जगतबहादुर पार्की र प्रतिपक्षी दल एमालेबाट नरेशकुमार विश्वकर्मा प्रतिपस्पर्धामा रहेका छन् ।

यस्तै अन्य समूह तर्फको एक सिटका लागि दुईजना प्रतिपस्पर्धामा रहेका छन् । सत्तारुढ गठबन्धनबाट कांग्रेसका नारायण दत मिश्र र प्रतिपक्षी एमालेबाट डिल्लाराज भट्ट प्रतिस्पर्धामा रहेका छन् ।

यसैगरी प्रदेश १ मा पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जयन्ती राई विजयी भएका छन् । अन्य प्रतिस्पर्धीको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्