Logo
Logo
राष्ट्रियसभा निर्वाचन

बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका दुबै उम्मेदवार विजयी



हेटौँडा । राष्ट्रियसभा सदस्यको निर्वाचनमा बागमती प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् ।

बागमती प्रदेशमा पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सीना महिला समुहबाट र नेपाली कांग्रेसबाट कृष्णप्रसाद पौडेल अन्य समुहबाट विजयी भएका हुन् ।

एमालेकी निरकुमारी कुँवर र नेमकिपाकी गिता काफ्लेले महिला समुहबाट प्रतिस्पर्धामा थिए । यस्तै अन्य समुहबाट एमालेका गोपाल शाक्य र नेमकिपाबाट कृष्णबहादुर तामाङ प्रतिस्पर्धामा थिए ।

बागमती प्रदेशमा महिलातर्फ एक र अन्य समूहतर्फ एक गरी दुई सिटका लागि ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा रहेको थियो ।

निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले बागमती प्रदेशमा साझा उम्मेदवारी दर्ता गरेका थिए ।

प्रमुख प्रतिपक्षी एमाले र नेमकिपाले छुटाछुटै उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्