काठमाडौं । वेस्ट इन्डिजसँगको चौथो टी–२० क्रिकेटमा इङ्ग्ल्यान्ड विजयी भएको छ । ब्रिजटाउनमा गएराति भएको खेलमा इङ्ग्ल्यान्डले वेस्ट इन्डिजलाई ३४ रनले हराएको हो ।

इङ्ग्ल्यान्डले जितका लागि दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन मात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका लागि केली मेयर्सले ४० रन तथा जासन होल्डरले ३६ रन बनाए। इङ्ग्ल्यान्डका मोइन अलीले २ विकेट लिए ।
आदिल राशिद, रिस टोप्ले र लियाम लिभिङस्टोनले १र१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
इङ्ग्ल्यान्डका लागि मोइन अलीले ६३ तथा जासन रोयले ५२ रनको अर्धशतकीय पारी खेले । वेस्ट इन्डिजका जासन होल्डरले ३ विकेट लिए ।यो जितसँगै पाँच खेलको श्रृङ्खलामा दुई-दुईको बराबरी भएको छ ।











