काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गरेका छन् ।
सहिद दिवसको अवसरमा आइतबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले सहिद स्तम्भमा माल्यार्पण गरेका हुन् ।

आइतबार बिहान शान्तिवाटिका रत्नपार्कबाट सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको थियो । कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मीलगायत सहभागी थिए । कोरोना संक्रमणको अवस्थाका कारण सहिद दिवसको कार्यक्रम औपचारिकतामा सीमित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
वीर सहिदहरूको स्मरणमा विक्रम संवत् २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १०–१६ गते सम्म ‘सहिद सप्ताह’ मनाउने गरिएको छ ।











