Logo
Logo

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल घोषणा


5.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट निजामती कर्मचारीले बेग्लै संगठन स्थापना गरेका छन् । यसअघि नेपाल निजामती कर्मचारी संगठनकै नामबाट समानान्तर समिति गठन गरिएकोमा सो समितिका अध्यक्ष रेवन्त गौतमलगायतका केही पदाधिकारी मूलधारमै फर्किएपछि नयाँ संगठन घोषणा गरिएको हो ।

नेकपा समाजवादीका अध्यक्ष माधव नेपालको उपस्थितिमा शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाले मोहन घिमिरेको अध्यक्षतामा एकीकृत सरकारी कर्मचारी संगठन नेपाल घोषणा गरेको छ । नवगठिन एकीकृत सरकारी कर्मचारी संगठनले सदस्यता विस्तार र ट्रेड युनियन दर्ताका लागि हस्ताक्षर संकलन एकैपटक अघि बढाउने भएको जनाइएको छ ।

संगठनको स्थानीय, प्रदेश र संघ सबै तह तथा सम्पूर्ण सेवा समूहको संगठन बन्ने र त्यसमा करारका कर्मचारीसमेत समेटिने अध्यक्ष घिमिरेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्