Logo
Logo

क्रान्तिकारी माओवादीले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने


315
Shares

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)विरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी, भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको पार्टीका अध्यक्ष मोहन वैद्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्नुपर्ने निर्णय गरेको अध्यक्ष वैद्यले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्