Logo
Logo

उपपराष्ट्रपतिद्वारा इद उलफित्रको शुभकामना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले इद उलफित्र पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने विश्वास व्यक्त गरेका छन् ।
इस्लाम समुदायको महान वर्प इद उलफित्रको अवसरमा आज बुधबार शुभकमना व्यक्त गर्दै उनले यस पर्वले नेपालका सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानमा लाग्न सबैलाई प्रेरणा देओस् भनी कामना गरेका छन् ।
उपराष्ट्रपतिले इद उलफित्रका अवसरमा नेपालका सम्पूर्ण मुस्लिम समुदाय र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्