
काठमाडौं । सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप हराएको विषयमा छानविन गर्न समिति बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानविन गर्न ५ सदस्यीय समिति बनाएको हो ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ । पाँच सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गरी दुई हप्ताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएकोछ ।
कोरोनाविरुद्धको खोप अभियानका क्रममा २४ लाख मात्रा खोप हराएको छ ।












