Logo
Logo

स्थानिय निर्वाचनको मिति घोषणाको माग गर्दै प्रदर्शन


1.1k
Shares

  • रुपेन्द्र पटेल

रौतहट । स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणाको माग गर्दै रौतहटमा प्रर्दशन भएको छ । आइतबार नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणामा गर्दै प्रर्दशन गरेको हो ।

आगामी निर्वाचनमा एमाले दुईतिहाइ बहुमत ल्याउने डरले सरकारले निर्वाचनको मिति घोषणा गर्न नचाहेको युवा संघको आरोप छ । उनीहरुले ‘हत्यारा सरकार चाहिँदैन, मापसे सरकार मुर्दावाद’ भन्दै प्रदर्शन गरेका थिए ।

विरोध प्रर्दशनपछि नेकपा एमालेका जिल्ला उपसचिव रुपेश पटेलले सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरे आन्दोलन अझ शसक्त पार्ने बताए ।

प्रतिक्रिया दिनुहोस्