काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी र प्रधानमन्त्री शेरबहादुर देउवाको विषयलाई जोडेर सार्वजनिक भएका समाचारहरु भ्रमपूर्ण रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले सत्तरुढ गठबन्धनको बैठकमा एमसीसी पारित नगरे गठबन्धन तोड्ने धारणा राखेको भन्दै समाचारहरु प्रकाशित भएपछि नेता श्रेष्ठको बचाउ गरेका हुन् । अहिले एमसीसीको विषयमा छलफल नै नहुने र नभएको भन्दै नेता श्रेष्ठले यथास्थितिमा आफ्नो पार्टी एमसीसी पारित गर्ने पक्षमा नरहेको समेत बताएका छन् ।
नेता श्रेष्ठले ट्वीटरमा लेखेका छन् – ‘कुनै भ्रममा नपरौंः प्रमले एमसीसीसँगको सँझौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन । गठबन्धनमा एमसीसी कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन । कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’
कुनै भ्रममा नपरौं ; प्रमले एमसिसिसँगको सँझौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन।
गठबन्धनमा एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन।कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन।— NKShresthaPrakash (@nksthaprakash) January 30, 2022














