
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिपति विद्यादेवि भण्डारीलाई राष्ट्रियसभा निर्वाचन प्रतिवेदन बुझाएको छ ।
निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत १२ गते बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेन राष्ट्रपतिलाई बुझाएको हो ।
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणामसँगै वार्षिक प्रतिवेदन पनि बुझाएको छ । संविधानको धारा २९४ को उपधारा (१०्) बमोजिम निर्वाचन आयोगले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको हो ।












