Logo
Logo

अध्यक्ष पद बोकाको मुखमा कुभिण्डो


4.1k
Shares

काठमाडौं । २९ वर्ष जागिरे जीवन बिताएर अवकाश पाएका युवराज अधिकारीलाई प्रेम आले पर्यटनमन्त्री भएपछि बम्पर उपहार प¥यो । चाकरी गर्न माहिर अधिकारी इलामे नाता जोड्दै झलनाथ खनाललाई भेट्न पुगे । नेकपा (समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपाल काठमाडौं बाहिर गएको मौका छोपेर खनाललाई उनले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बन्न दबाब दिए । सोझो, इमान्दार छविका खनालले पर्यटनमन्त्री आलेलाई फोन गरेर अधिकारीलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्न दबाब दिए । र, ०७८ कात्तिक ८ गते सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त ग¥यो ।

अधिकारी निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएको तीन महिना बितिसक्यो । यस अवधिमा उनले निगम सुधारको ठोस योजना बनाउन सकेका छैनन् । निगम कर्मचारीहरुका अनुसार उनी अनिर्णयको बन्दी बनेका छन् । उनमा निर्णय क्षमताको अभाव देखिएको छ । दैनिकरुपमा गर्नुपर्ने निर्णयसमेत गर्न नसक्दा वर्षौैँदेखिको फाइल रोकेर राखेका छन् । कार्यकारी अध्यक्षको समेत अधिकार प्रयोग गर्न नसक्दा अधिकारीलाई कार्यकारी अध्यक्ष पद ‘बोकाको मुखमा कुभिण्डो’ जस्तै बनेको छ ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले समय निर्णय गर्न नसक्दा एक महिनादेखि एयरबस ३२० दोहामा थन्किएर बसेको छ । गत डिसेम्बर २८ तारिख राति १० बजे काठमाडौंबाट दोहाका लागि उडेको उक्त जहाज दोहामा अवतरण गरेपछि देव्रे इन्जिनमा समस्या आएको थियो । उक्त जहाजलाई तुरुन्त अर्को इन्जिन भाडामा लिएर काठमाडौंमा ल्याउनुपर्नेमा दोहा एयरपोर्टमै राखिएको कारण पार्किङ शुल्क र ड्यामरेज चार्ज गरी करोडौं खर्च भएको छ ।

त्यसैगरी समयमै जहाजको इन्जिन मर्मतको ठेक्का नदिँदा दिल्ली, दुबई, हङकङ, कतार, मलेसियाको नियमित उडानमा बाधा परेको छ । न्यारोबडीको ठाउँमा वाइडबडी जहाज उडाउँदा थप आर्थिक बोझ थपिएको छ । यसबाट निगमलाई दैनिक एक करोडभन्दा बढी घाटा भएको निगम स्रोतले बताएको छ ।

सो स्रोतका अनुसार निगमको जहाजमा कुनै समस्या आए कार्यकारी अध्यक्षलाई २१ दिनसम्म इन्जिन भाडामा लिने अधिकार छ । तर, इन्जिन भाडामा लिँदा आउने एक÷दुई करोड कमिशनको लोभमा अधिकारीले निगमलाई आफू नियुक्त भएको तीन महिना नबित्दै ३० करोडभन्दा बढी नोक्सान पु¥याएका छन् ।

दोहामा बिग्रिएको इन्जिन मर्मत गर्न पाइलट उद्धव घिमिरेले विभिन्न कम्पनीसँग कमिशन ‘बार्गेनिङ’ गरेको स्रोतले बताएको छ । कमिशनकै कुरा नमिलेका कारण अहिलेसम्म इन्जिन मर्मतको ठेक्का कसलाई दिने भन्ने टुंगो लागेको छैन । अधिकारी निकट कर्मचारीहरुले सञ्चालक समितिको बैठक बस्न नसकेकोले टेण्डरको टुंगो नलागेको बताएका छन् । तर, सञ्चालक समितिका सदस्यलाई बैठकमा आउन नदिन स्वयं अधिकारीले निगमका कर्मचारीहरुलाई उक्साइरहेका छन् ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले समय निर्णय गर्न नसक्दा एक महिनादेखि एयरबस ३२० दोहामा थन्किएर बसेको छ । गत डिसेम्बर २८ तारिख राति १० बजे काठमाडौंबाट दोहाका लागि उडेको उक्त जहाज दोहामा अवतरण गरेपछि देव्रे इन्जिनमा समस्या आएको थियो । उक्त जहाजलाई तुरुन्त अर्को इन्जिन भाडामा लिएर काठमाडौंमा ल्याउनुपर्नेमा दोहा एयरपोर्टमै राखिएको कारण पार्किङ शुल्क र ड्यामरेज चार्ज गरी करोडौं खर्च भएको छ ।

अध्यक्ष अधिकारीकै निर्देशनमा माघ १६ गते तीनवटा कर्मचारी संगठनले विज्ञप्ति प्रकाशित गरेर महाप्रबन्धक डिमप्रकाश पौडेल, सञ्चालकहरु फुर्वाग्याल्जो शेर्पा र ईश्वरी पौडेललाई तत्काल बर्खास्त गर्न माग गरिएको छ ।

निगम स्रोतका अनुसार निगमको मूलद्वारमा अझै पनि महाप्रबन्धक पौडेल विरोधी नारा झुन्ड्याइएको छ । गत साता उक्त कालो ब्यानर त्यहाँका कर्मचारीले हटाउँदा अध्यक्ष अधिकारी स्वयंले ब्यानर नहटाउन निर्देशन दिएका थिए । यसबाट अधिकारीको घटिया नियत उदांगो हुन्छ ।

निगममा अहिले पनि दुई जना कार्यकारी पदमा छन् । महाप्रबन्धक पौडेलले राजीनामा दिएका छैनन् । उनले मन्त्रालयमा हाजिर गरिरहेका छन् । कार्यकारी अध्यक्ष अधिकारीसँग बोर्डको बहुमत छैन । नयाँ बोर्ड पनि गठन हुनसकेको छैन । यस्तो अवस्थामा पर्यटनमन्त्री आलेले कार्यकारी अध्यक्ष अधिकारी र महाप्रबन्धक पौडेल दुवैलाई हटाएर नयाँ कार्यकारी अध्यक्ष नियुक्त गर्नुपर्ने देखिन्छ । अन्यथा, अधिकारीको ‘अक्षम’को भारी केही गर्छु भन्ने आँट गरेका मन्त्रीले बोक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्