काठमाडौं । बर्दियामा टिपरको ठक्करबाट घरको आँगनमा आगो तापिरहेका दुई जनाको मृत्यु भएको छ ।
बढैयाताल गाउँपालिका–३ सतपतियाका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
भे १ क १४९५ नम्बरको टिपरको ठक्करबाट ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया बेलमति थारु घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।














