Logo
Logo

भैरहवा : ग्राउण्डह्याण्डलिङ निजी कम्पनीलाई दिने तयारी ?



भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डको एरो थाइको प्राविधिक टोलीले भैरहवामा प्राविधिक अध्ययन गरिरहेको हाम्रा संवाददाताले जनाएका छन् ।

चार जना विज्ञ प्राविधिकको टोलीले ग्राउण्ड चेक गर्नेदेखि उडानसम्बन्धी प्रविधिको निरीक्षण गर्ने भएको छ । हवाई उडान परीक्षण भएपछि नियमित अन्तर्राष्ट्रिय उडान हुनेछ । थाइ टोलीले विमानस्थल परिसरमा जडान गरिएको उपकरण अवस्थाको निरीक्षण गर्ने छ ।

थाइ टोलीले निरीक्षण सकेलगत्तै फ्लाइट क्यालिब्रेसन सुरु गर्ने योजना छ । थाइ टोलीले दिएको फ्लाइट क्यालिब्रेसनको रिपोर्टका आधारमा नेपाल वायुसेवा निगमको जहाजमार्फत परीक्षण उडान गरिने बताइएको छ । पर्यटनमन्त्री प्रेम आले गत शनिबार भैरहवा पुगेर आउँदो वैशाख पूर्णिमासम्ममा अन्तर्राष्ट्रिय उडान गर्न निर्देशन दिएका छन् ।

प्राविधिकरुपमा सबै काम पूरा भएपछि विभिन्न अन्तर्राष्ट्रिय मुलुकसँग सम्झौता गरेर विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइने छ । उडान अनुमति दिइनेछ । भैरहवामा परीक्षण उडान सफल भएपछि ५६ दिन अगाडि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि सूचना जारी गरिनेछ ।

प्राधिकरणले एरोस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयार गरिसकेको छ । ग्राउण्ड चेकका लागि आएको टोलीले प्राधिकरणका प्राविधिक जनशक्तिलाई विशेष उपकरणबारे पनि तालिम दिने योजना रहेको आइसीबी जेरो टुका प्रोजेक्ट मेनेजर प्रवीण न्यौपानेले बताए । ‘ग्राउण्ड चेकपछि फ्लाइट चेक हुने हुन्छ । सबै चेकलिस्ट तयार भइसकेको छ ।

न्यौपानेका अनुसार इन्स्ट्रलमेन्टल ल्याण्डिङ सिस्टम ‘आइएलएस’, भीओआर डीएमइलगायत सम्बन्धी तालिम हुनेछ । यसअघि अमेरिकी टोली आएर मेट्रोलोजी ट्रेनिङ दिइसकेको छ । अबको एक महिनाभित्रै विमानस्थल सञ्चालन योग्यको तयारी पुरा हुने न्यौपानेले बताएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्डह्याण्डलिङ नेपाल वायुसेवा निगमलाई दिएको एक वर्ष भयो । तर, निगमले ग्राउण्डह्याण्डलिङ सम्बन्धी सामान र उपकरण अहिलेसम्म ल्याएको छैन । निगम सूत्रका अनुसार कोभिड र आन्तरिक व्यवस्थापनको कारण देखाएर भैरहवाका लागि नयाँ सामग्री उपकरण खरिदको प्रक्रिया नै अगाडि बढाएको छैन । बजेट नभएको बहानामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कुनै निजी कम्पनीलाई दिने भित्री तयारी गरेको निगमको उच्च स्रोतले दृष्टिलाई जानकारी दिएको छ ।

भैरहवा विमानस्थल निर्माणको काम ९८ प्रतिशत सकिए पनि क्यालिब्रेसन फ्लाइट नहुँदा अरु प्रक्रिया अगाडि बढ्न सकेको छैन । विमानस्थलको पहिलो चरणको धावनमार्ग, टर्मिनल र टावर निर्माणका लागि ६ अर्ब ७२ करोड रुपैयाँ लागेको थियो । यो विमानस्थल निर्माणका लागि एडीबीले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ ।

यस अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्डह्याण्डलिङ नेपाल वायुसेवा निगमलाई दिएको एक वर्ष भयो । तर, निगमले ग्राउण्डह्याण्डलिङ सम्बन्धी सामान र उपकरण अहिलेसम्म ल्याएको छैन । निगम सूत्रका अनुसार कोभिड र आन्तरिक व्यवस्थापनको कारण देखाएर भैरहवाका लागि नयाँ सामग्री उपकरण खरिदको प्रक्रिया नै अगाडि बढाएको छैन । बजेट नभएको बहानामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कुनै निजी कम्पनीलाई दिने भित्री तयारी गरेको निगमको उच्च स्रोतले दृष्टिलाई जानकारी दिएको छ ।

सो सूत्रका अनुसार भैरहवाको ग्राउण्डह्याण्डलिङ निगमले गर्न नसकेको कारण देखाएर निजी कम्पनीलाई दिइयो भने निगममा चर्को आन्दोलन हुने छ । किनभने, निगमको नियमित आयस्रोत भनेकै ‘ग्राउण्डह्याण्डलिङ’ हो ।

प्रतिक्रिया दिनुहोस्