Logo
Logo

तिम्ले बाटो फेरेउ अरे : फेरि देखिइन् जिग्मे (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ । गीतकार दर्पण राईको बहुचर्चित गीत ‘तिम्ले बाटो फेरेउ अरे’मार्फत चर्चामा आएकी बालगायिका जिग्मे छ्योकी घिसिङ फेरि यही गीतमा देखिएकी छन् । तर, यसपटक उनी ‘तिम्ले बाटो फेरेउ अरे–२’मा देखिएकी हुन् ।
गीतकार दर्पणको उक्त ब्लकबस्टर गीतको चाइल्ड भर्सन गाएर लौखौँ श्रोता तथा दर्शकको प्रिय बनेकी जिग्मेले यसपटक झनै आफ्नो स्वरको जादू देखाएकी छन् । मोडल तथा म्युजिक भिडियो निर्देशकसमेत रहेका दर्पणले गायनमा डेब्यु गराएकी जिग्मेले पहिलोपटक नै श्रोता तथा दर्शकको मन जित्न सफल भएकी थिइन् ।
‘तिम्ले बाटो फेरेउ अरे’लाई विभिन्न भर्सनमा गाइएको छ । मेल भर्सनमा मेगास्टार राजेशपायल राई र फिमेलमा अहिलेकी चर्चित गायिका मेलिना राईलगायतले उक्त गीत गाएका छन् । यही गीतलाई जिग्मेले पहिलोपटक आफ्नो बालस्वर दिएर चर्चामा मात्र आइनन्, उनी नेपाली गायन क्षेत्रमा स्थापितसमेत भइन् ।
पछिल्लो दिनहरुमा विभिन्न बाल गीतहरु समेत गाउँदै आएकी जिग्मेले यसपटक आफ्नो स्वरलाई झनै निखारिएकी छन् । ‘तिम्ले बाटो फेरेउ अरे’जस्ता ब्लकबस्टर गीत गाउन पाउँदा उनी दंग छिन् । यस गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्टले निर्माण तथा प्रस्तुत गरेको हो ।

https://www.youtube.com/watch?v=FpbA6zA4TY8&feature=youtu.be&fbclid=IwAR0ZOeZEZDtLVDHP-buQ3nBAAX_2HQq1DlZmJgHRX_V8TqDutqcPBK8o3uc

प्रतिक्रिया दिनुहोस्