Logo
Logo

धमाका वान : मलेसियामा आज धमाका मच्चाउँदै श्रेया र सुनिता


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, २३ जेठ । एसएसओजी र एमओसी समूहद्वारा आयोजनामा आज मलेसियामा ‘धमाका वान’ नाम लाइभ कन्सर्ट हुँदैछ । मलेसियाको चाड हरियानाको अवसरमा आज बिहीबार कार्यक्रम गर्न लागेको आयोजक टिमले जनाएको छ ।
क्वालाम्पुरस्थित कोतराया कम्प्लेक्स हलमा हुने कार्यक्रममा नेपाल बाट रियालिटी हो ‘द भ्वाइस अफ नेपाल’ चर्चामा आएकी गायिका श्रेया राई, त्यस्तै, पछिल्लो समय चर्चामा रहेकी गायिका सुनिता थेगिम लिम्बूलगायतका कलाकार सहभागी हुँदैछन् । उनीहरुले मलेसियामा रहेका नेपालीमाझ धुम मच्चाउँने भएका छन् ।
त्यस्तैका कार्यक्रममा युवागायक सुजन आङ्देम्बे लिम्बूले पनि धमाका मच्चाउँने भएका छन् । उनीहरु मलेसिया पुगिसकेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार कार्यक्रमबाट उठेको रकम नेपालमा क्यान्सरपीडित तथा मृगला पीडितहरुलाई सहयोग गर्ने जनाइएको छ । आयोजक संस्थाकी सल्लाहकार इन्दु लावतीले भनिन्, ‘यो कार्यक्रम सहयोगार्थ हो ।’

प्रतिक्रिया दिनुहोस्