Logo
Logo

कवितालाई ‘मिसेस आर्यन नेपाल’ उपाधि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ । ‘मिसेस आर्यन नेपाल–२०१९’को ताज कविता ढकालले जितेकी छन् । पब्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटल समेत उनले आफ्नो पोल्टामा पारिन् ।
कार्यक्रममा फस्ट रनरअपको उपाधि स्र्पाकल पुरीले जितिन् भने सीमा थापा सेकेन्ड रनरअप भइन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको फाइनलमा मुख्य निर्णायक पुर्वमिस नेपाल सुगारिका केसीले सोधेको अन्तिम प्रश्नको उत्कृष्ट जवाफ दिदै कविताले उपाधी जितेकी हुन् ।
एमाजोन इन्टरटेन्मेन्टले बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरेको ‘मिसेस आर्यन नेपाल–२०१९’ को सबटाइटलमा क्रमशः बेस्ट ट्यालेन्ट सिमा थापा खड्का, बेस्ट फोटोजेनिक स्र्पाकल पुरी, बेस्ट स्किन अस्मिता बसुला, बेस्ट हेयर पुजा रानी गैरे, बेस्ट स्माइल स्वस्थानी न्यौपाने, मोस्ट पपुलर पुजा रानी गैरे र बेस्ट ड्रेस स्र्पाकल पुरीले पाए ।
‘मिसेस आर्यन नेपाल–२०१९’को प्रतिस्पर्धीलाई एमाजोन इन्टरटेन्मेन्टकी अफिसियल कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् । प्रतियोगीतामा निर्णायक मण्डलमा पुर्वमिस नेपाल सुगारिका केसी, शुभ आचार्य र निशु महर्जन थिए ।

प्रतिक्रिया दिनुहोस्