Logo
Logo

कलाकार संघको सदस्यमा धर्मेन्द्रको उम्मेदवारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ जेठ । यही शनिबार हुने नेपाल चलचित्र कलाकार संघको चुनावमा कलाकार धर्मानन्द आचार्य ‘धर्मेन्द्र’ले सदस्य पदको लागि उम्मेदवारी दिएका छन ।
एक दशकभन्दा लामो समययता चलचित्र कलाकारितामा सक्रिय रहँदै आएका आचार्य फिल्म, टेलिफिल्म र म्युजिक भिडियोहरुमा रुचाइएका कलाकार हुन । आफ्नो कलाकारिता क्षेत्रको अनुभवलाई अब कलाकारकै छाता संगठनभित्र रहेर यसैको हकहितमा खर्चिन आफुले उम्मेदवारी दिएको उनको भनाइ छ ।
उनले कलाकारको हकहितका लागि मन, वचन र कर्मले संघको गरिमालाई उच्च राख्न आफुले सक्रिय भूमिका खेल्ने बताएका छन् । कलाकारकै सेवामा समर्पित हुने वाचाका साथ उम्मेदवारी दिएको भन्दै उनले आफ्नो उम्मेदवारीलाई सार्थक बनाउन बिजयी बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्