Logo
Logo

मोडल नताशाका नशालु तस्बिरहरु (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ जेठ । हेटौंडाकी नताशा ब्लोन तामाङ अहिले मोडलिङमा करिअर खोज्दैछिन् । हाल भक्तपुर नयाँठिमीमा बसेर अध्ययनसँगै मोडलिङ गर्दै आएकी उनले पहिलोपटक गायक प्रयाश दोङको सेलो गीत मार्फत काँचका पर्दामा देखिएकी हुन् । नताशाले अहिलेसम्म आधा दर्जन गीतका भिडियोमा आफूलाई मोडलका रूपमा उतारेकी छन् ।


पछिल्ला दुई वर्षदेखि मोडलिङमा सक्रिय नताशा बिभिन्न सांस्कृतिक कार्यक्रम हुँदै म्युजिक भिडियोसँग जोडिएकी हुन् । मकवानपुरको हेटौडा कला केन्द्रबाट नृत्यको तालिम लिएपछि अध्ययनका लागि काठमाडौं आएकी उनले हालै फोटोसुट गरेकी छन् ।


नायिका बन्ने लक्ष्यका साथ कलाकारितामा लागेकी नताशाले नृत्य प्रस्तुतिको लागि हेटौडामा हुने प्रायः महोत्सवमा नछुटाई कला प्रदर्शन गर्दै आएकी बताइन् । मोडलिङमा ग्ल्यामर आवश्यक ठान्ने नताशाले काठमाडौँ पुतलीसडकस्थित ‘आर्टिस्टनेपाल स्टुडिजोज’मा बिभिन्न ग्ल्यामर पोजहरुमा फोटोसुट गरिन् । हेर्नुस् नताशाका तस्बिरहरु ।


मोडल : नताशा ब्लोन तामाङ
मेकअप : सरिता थापा मगर
स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोज एण्ड प्रोडक्सन

प्रतिक्रिया दिनुहोस्