Logo
Logo

‘आदिवासी जनजाति चलचित्र महोत्सव’मा दर्शकको भीड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ जेठ । राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा तीन दिने ‘आदिवासी जनजाति चलचित्र महोत्सव–२०७६’ सुरु भएको छ । शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सवको उद्घाटन गरेका थिए ।
आदिवासी जनजाती चलचित्र महासंघद्वारा आयोजित महोत्सवको यो तेस्रो संस्करण हो । महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सबै कला, संस्कृतिको जगर्ने गर्न सकेमात्र देशमा समृद्धि हुने बताए ।


यसपटक महोत्सवमा विभिन्न आदिवासी जनजातीका २० चलचित्र स्क्रिनिङ हुँदैछ । महोत्सवको पहिलो दिन गुरुङ, लिम्बू, राजबंशी र नेवारी चलचित्र प्रदर्शन गरिएको थियो । महोत्सवमा विगतका वर्षहरुमा भन्दा उल्लेख्य दर्शकको सभागिता रहेको छ ।
आ–आफ्नो कला, संस्कृति झल्काउने भेषभूषामा उपस्थित दर्शकले गर्दा महोत्सवमा थप रौनकता छाएको छ । महोत्सव अवलोकन गर्न आउने अथिति तथा दर्शकले लिम्बू, राई, गुरुङलगायत विभिन्न जातजातीका खाना समेत चाख्न पाउनेछ । त्यसका लागि स्टलको व्यवस्था गरिएको छ ।


‘सकेसम्म महोत्सव भव्य बनाउने प्रयास गरेका छौँ’ आयोजक संस्था आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले भने, ‘यसपटक दर्शकको सहभागिता पनि राम्रै छ ।


महोत्सवमा आदिवासीका रहन–सहन तथा कला संस्कृति झल्काउने छोटा तथा लामा चलचित्रहरु स्क्रिनिङ गरिँदै आएको छ ।
आदिवासी जनजाति समुदायका चलचित्रको प्रवद्र्धन तथा सम्वद्र्धन गर्ने उद्देश्यले दुई वर्षयता महोत्सब आयोजना हुँदै आएको हो । यसैलाई निरन्तरता दिँदै यसपटक पनि महोत्सव आयोजना गरिएको हो । महासंघका अध्यक्ष अमृता सुनुवारले भने, ‘आदिवासी चलचित्रलाई पनि राज्य प्राथमिकता दिएमा राष्ट्रको मौलिक पहिचान र साँस्कृतिक एवं प्राकृतिक क्षेत्रको पर्यटन बिकासमा ठुलो टेवा पुग्नेछ ।’ त्यसका लागि पनि यो महात्सवको सुरुवात गरिएको हो ।’


महोत्सवमा पहिलो दिन शुक्रबार गुरुङको ‘म्ले क्यु’, लिम्बूको ‘केःसाङला, राजबंशीको ‘पुल्टी’ र नेवारी चलचित्र ‘कृषा गौतमी’ प्रदर्शन गरिएको थियो । त्यस्तै शनिबार लिम्बू भाषाको चलचित्र ‘के’ अर्थात च्याबु्रङ, लगायत अन्य तीन चलचित्र प्रदर्शन गरिँदैछ । महोत्सवको आइतबार समापन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्