Logo
Logo

महोत्सवमा पनि रुचाइयो लोकेनको ‘केःसाङ्ला’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ जेठ । लिम्बू संस्कारमा आधारित भाषाको चलचित्र ‘केःसाङला’ ‘आदिवासी जनजाती चलचित्र महोत्सव’मा पनि रुचाइएको छ । शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको महोत्सवको पहिलो दिन ‘केः साङ्ला’ स्क्रिनिङ गरिएको थियो । जहाँ दर्शकको भीड लागेको थियो ।
लोकेन साँवा लिम्बू निर्देशित ‘केःसाङ्ला’मा लिम्बू सुमदायको सांस्कृतिक बाजा ‘के’ अर्थात च्याब्रुङको दायाँ भाग हिर्काउने सामग्री तथा लिम्बू समुदायको वैवाहिक संस्कारलाई चित्रण गरिएको छ । यो चलचित्र यसअघि राजधानीको कमलपोखरीस्थित बिग मूमिजमा च्यारिटी शो गरिएको थियो । जहाँ हाउसफूल भएको थियो ।


फिपरानी तुम्बाहाम्फे, विष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाम्फे र सञ्जय तुम्बाहाङ्फेको संयुक्त निर्माण रहेको यस चलचित्रमा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, विशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाँगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाम्फेलगायतको अभिनय रहेको छ ।
नेपाल आदिवासी चलचित्र महासंघद्वारा आयोजित ‘तेस्रो आदिवासी जनजाती चलचित्र महोत्सव–२०७६’ आइतबारसम्म चल्दैछ । जहाँ विभिन्न आदिवासी जनजातीका कला, संस्कृति र रहन–सहन समेटिएका २० चलचित्र प्रर्दशन गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्