Logo
Logo

भिडियोमा ‘तिमी सुनमा जोखिने मान्छे’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ जेठ । प्रेममा जातिय विभेदमा आधारित मर्मश्पर्शी गीत ‘तिमी सुनमा जोखिने मान्छे’को भिडियो छायांकन गरिएको छ । वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा केटा र केटीबिचको बालापन आत्मीयता एवं वयस्कमा झाँगिएको प्रेमलाई चित्रण गरिएको छ ।
प्रकाश केसीको शब्दरचना रहेको उक्त गीतलाई शरद समिपले गाएका हुन् । चित्रकार एवं संगीतकार ज्योतिप्रकाश बिकले गीतमा संगीत दिएका छन् ।
यस गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेललाई फिचरिङ गरिएको छ । त्यस्तै वरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला र स्वयं गायक शरद समिपले पनि अभिनय गरेका छन् । भिडियोमा बालकलाकार कुशाग्रह भट्टराई र एञ्जेल राईले पनि अभिनयमा छन् ।
गीतको भावलाई आफूले सकेसम्म भिडियोमा उतारेको निर्देशक शान्तिप्रियले बताए । चरित्र उतार्नकै लागि गीतमा धेरै कलाकार राख्नुपरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्