Logo
Logo

मस्कोमा सुस्माको ‘एकल चित्रकला प्रदर्शनी’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ जेठ । रुसको राजधानी मस्कोमा यही जुन ७ देखि सुरु भएको ‘नेपाल फेस्ट सांस्कृतिक मेला’मा नेपालका ख्याती प्राप्त कलाकार सुस्मा राजभण्डारीको एकल चित्रकला प्रदर्शन गरिएको छ । सुस्माको यो १६औँं एकल चित्रकलाको रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरेले उद्घाटन गरे ।
उक्त प्रदर्शनीमा एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतम, एनआरएनका महासचिब डा. बद्री केसी, पूर्वअध्यक्ष दिनानाथ राजभण्डारीलगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा राजदुत घिमिरेले नेपालबाट त्यहाँ पुगेकी कलाकार राजभण्डारीको एकल चित्रकला प्रदर्शनीको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताए । उनले यस्ता कार्यक्रमले दुई देशबिचको दौत्य सम्बन्धलाई अझ गहिरो हुने धारणा व्यक्त गरे ।
कलाकार सुस्मा राजभण्डारीले नेपाली कलाकारहरु जुनसुकै देशमा गएर पनि आफ्नो देशको पहिचान राख्न सक्षम भएको र आपसी सवन्धलाई अझ मजबुत गर्न सकिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्