Logo
Logo

सरसफाइमा उत्रिए मन्त्रीहरु


- दृष्टि न्युज/संवाददाता


कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर ललितपुरको पुलचोकस्थित मन्त्री निवास परिसरको सरसफाइका क्रममा ।

काठमाडौं, २६ जेठ । ‘विश्व वातावरण दिवस–२०१९’को अवसरमा ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवास परिसरको सरसफाइ गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान मन्त्रीनिवास परिसर क्षेत्रको सरसफाइ गरिएको हो । पुल्चोकदेखि शुरु भएको सरसफाइ मन्त्री निवास पुगेर समापन भएको थियो ।
प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेतृत्व गरेको सरसफाइ कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा युवराज खतिवडा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्