Logo
Logo

गुठी विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन, केही प्रदर्शनकारी घाइते


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २६ जेठ । प्रस्तावित गुठी विधेयकको विरोध गर्दै आइतार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रर्दशनको क्रममा प्रहरीले धडपकड गर्दा केही प्रर्दशनकारी घाइते भएका छन् ।
गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरकारले संसदमा दर्ता गराएको छ । उक्त विधेयकको विरोध गर्दै प्रर्दशन गरिएको हो । प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि पानीको फोहरासहितको बल प्रयोग गरेको छ । प्रहरीसँगको झडपमा परी केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।
प्रदर्शनकारीले उक्त विधेयक फिर्ता गरेर सांस्कृतिक धरोहरको संरक्षण गर्न माग गरेका छन् । गुठीसम्बन्धी संशोधन विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने विज्ञहरूको चेतावनी दिएका छन् । विधेयक संविधानविपरीत भएकाले खारेज गर्न उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्