Logo
Logo

सारेगमप लिटिल च्याम्प’मा प्रितम तेस्रो र आयुष चौथो भए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ जेठ । संगीतसम्बन्धी चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा दुई नेपालीले उपाधि पाएका छन् । सुरुदेखि नै चर्चामा रहेका प्रितम आचार्य तेस्रो भएका छन् भने अर्का नेपाली आयुष केसी चौथो भएका छन् ।
जीटिभीबाट सञ्चालित उक्त कार्यक्रममा दुई सहभागीले जर्जबाट राम्रो प्रतिक्रिया पाएका थिए । आइतबार भएको ग्राण्ड फिनालेमा ६ जना प्रतिस्पर्धी थिए, जसमा प्रितम र आयुष तेस्रो र चौथो बन्न सफल भएका हुन् ।
प्रितम इटहरीका हुन् । उनले यसअघि केही गीत आफ्नो स्वरमा रेर्कड गरिसकेका छन् । प्रितम इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ मा अध्ययन गर्दै छन् ।
त्यस्तै, आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी हो । हाल उनी भक्तपुरको मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन् ।
बलिउडका चर्चित गायक एवं कलाकारहरुले समेत उनीहरुको गायिकीलाई उच्च प्रशंसा गरिरहँदा दुवैजना फाइनलसम्म पुगेका थिए । सुरशाला म्यूजिक एकेडेमीमार्फत उनीहरुले भिडियो अडिसन पार गरेर सारेगमपमा प्रवेश पाएका थिए । बालबालिका तथा किशोर किशोरीको सांगीतिक रियाल शो सारेगमप लिटल च्याम्प्सलाई प्रतिभा उजागर गर्ने मञ्चको रुपमा लिइन्छ । उक्त शोबाट थुप्रैले भारतमा सांगीतिक करिअर बनाएका छन् । त्यसमध्येकी एइक हुन्, श्रेया घोसाल । श्रेया सन् २००० की लिटल च्याम्स विजेता हुन् । हाल उनी बलिउडकी चर्चित पाश्र्वगायिकामा गनिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्