Logo
Logo

टोयोटा-विवाइडी सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ जेठ । विश्व विख्यात मोटर कम्पनी टोयोटाले इलेक्ट्रिक कार निर्माण गर्ने भएको छ । विश्वभर विद्युतीय सवारी साधनको माग बढेसँगै जापानी कम्पनी टोयोटाले पनि विद्युतीय सवारी साधनको निर्माण गर्ने भएको हो ।
विश्व विख्यात टोयोटाले निर्माण गर्ने विद्युतीय सवारी साधनका लागि चीनको विवाइडी कम्पनीको ब्याट्री प्रयोग गर्ने भएको छ । टोयोटाका कार्यकारी उपाध्यक्ष साजुकी टेरासाइका अनुसार टोयोटा सवारी साधनका लागि ‘क्याटल’ र ‘विवाइडी’ कम्पनीसँग सम्झौता भएको छ । चीनको विवाइडी विद्युतीय सवारी साधनको अग्रणी निर्माता कम्पनी हो । यस कम्पनीको सवारी साधन ‘ई सिक्स’ काठमाडौंमा पनि गुडिरहेको छ ।
‘वाताअनुकुलित’ अटोमेट्रिक सिस्टमको ‘ई सिक्स’ गाडीको काठमाडौंमा माग बढ्दो छ । एक पटकको चार्जले ४०० किलो मिटरसम्म चल्ने ‘ई सिक्क’ कार नेपालमा भिभीआइपी, भिआइपीदेखि प्रतिष्ठित पर्यटन व्यवसायीको रोजाइमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्