Logo
Logo

३५०० रुसी सैनिकको मृत्यु भएको युक्रेनको दाबी



काठमाडौं । युक्रेनको सेनाले रुसी सेनातर्फ भएको सैन्य क्षतिबारे एउटा विवरण प्रकाशित गरेको छ ।

फेसबुकमा प्रकाशित उक्त विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३५०० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ ।

युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्याङ्क पनि गुमाएको छ । बीबीसीले यी दाबीहरूको स्वतन्त्र पुष्टि गर्न सकेको छैन । रुसले अहिले आफूपट्टि भएको मानवीय क्षतिबारे कुनै जानकारी दिएको छैन । (बिबिसी)

प्रतिक्रिया दिनुहोस्