Logo
Logo

मिडिया विधेयक परिमार्जन हुन्छ : अध्यक्ष दाहाल


- दृष्टि न्युज/संवाददाता


चितवन, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् ।
प्रेस संगठन चितवनले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताए । अध्यक्ष दाहालले भने, ‘मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।’
सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको भन्दै उनले भने, ‘जति गृहकार्य भएर विधेयक आउनु पथ्र्याे, केही कमी रहेको देखियो । पक्कै पनि सरकार पार्टी यसमा सतर्क भएको छ ।’ आउँदा दिनमा यस्ता विधेयक ल्याउँदा पर्याप्त गृहकार्य गरेर ल्याइने दाहालले बताए ।
सरकारको नेतृत्वको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा यो विषय नयाँ नभएको उनले बताए । दाहालले भने, ‘मिडियामा बढ्ने नयाँ कुराजस्तो गरी प्रचार भइरहेको छ । यो कुरा पुरानै हो । हामी जुन सहकार्य र सहमतिका साथ अघि बढेका छौँ त्यहीअनुसार अघि बढ्छौँ ।’
यस्तै, अध्यक्ष दाहालले पार्टी एकता प्रक्रियामा टुंगो लाग्न बाँकी रहेका इञ्चार्ज, सहइञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुंगो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्