Logo
Logo

पशुपतिमा बिन्दास बाबा (फोटोफिचर)


315
Shares

काठमाडौं । शुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल बढेको छ । महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आएका हुन् ।

साधुसन्त र जोगीबाबाहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ । त्यसैले साधुसन्त बसेको ठाउँमा पनि दर्शनार्थीहरुको सहभागीता उल्लेख्य हुने गरेको छ ।

सरकारले सार्वजनिक स्थानमा धूमपान र मद्यपान निषेध गरेको छ । तर आफूलाई भगवान शिवका प्रतीक मान्ने शिवरात्रिका बाबाजीहरुलाई यो कानुनले छोएको छैन । उनीहरु निष्फिक्री गाँजा तानीरहेका छन् ।

पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन तथा बिक्री वितरण गर्न रोक लगाएको छ । तर त्यसको अनुगमन तथा कार्यान्वयन पक्ष हरेक वर्ष फितलो देखिन्छ । बुधबार बिहान पनि पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आएका साधुसन्तको दृष्य पनि विगतका वर्षभन्दा फरक देखिएन ।

शिवरात्रि पर्व मनाउन पशुपति आएका साधुसन्त तथा जोगी बाबाहरुलाई भोजनसहित धुनीको व्यवस्था मिलाइएको छ । गुठी संस्थानको पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यका अनुसार पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भोजन र धुनीको व्यवस्था मिलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्