Logo
Logo

एमसीसी अनुमोदन गर्न एमालेको पनि सहयोग : कांग्रेस


819
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि सहयोग भएको कंग्रेसले बताएको छ ।

सोमबार पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता प्रकारशशरण महतले एमसीसी अनुमोदन गराउन एमाले औपचारिक रुपमा सहभागित नजाएपनि अनौपचारिक रुपमा सहयोग गरेको बताएका हुन् ।

उनले भने, ‘एमसीसी सही ढंगले संसद्ले पारित गर्‍यो । त्यसमा विपक्षी दलको राजनीतिक कारणले औपचारिक सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो । हामीले यसरी बुझेको छौं ।’

अपवाद बाहेक सबैको सहयोगबाट संसद्ले एमसीसी परियोजनालाई पारित गरेको उनले बताए । उनले भने, ‘अब यसमा रहेको भ्रम र अन्योलको माहौललाई समाप्त गरेको छ । र, यो क्रममा हाम्रो पार्टी सभापति, प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाजीको सुझबुझपूर्ण, परिपक्वता र धैर्यताले यो विन्दुमा समझदारीकासाथ यो परियोजनालाई संसद्‌बाट पारित गर्ने आधार तयार भयो ।’

उनले एमसीसीबारे अझै पनि जनतामा केही भ्रम बाँकी रहेको बताए । उनले भने, ‘त्यस्तो भ्रमको बादल हामी हटाउँछौं, अरू पार्टीले पनि हटाऊन् ’

उनले एमसिसी पारित गर्न सघाउने सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्