Logo
Logo

डोटीमा नेकपा जिल्ला कमिटीले पायो पूर्णता


- दृष्टि न्युज/संवाददाता


डोटी, ३० जेठ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीका जिल्ला कमिटी सदस्यले बिहीबार शपथग्रहण गरेका छन् । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जिल्ला कमिटी सदस्यलाई शपथग्रहण गराएका हुन् ।
शपथग्रहण गर्नेमा पूर्वएमालेबाट ८१ तथा पूर्वमाओवादी केन्द्रबाट ५४ जिल्ला कमिटी सदस्य छन् । उनीहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।
सरकारको नीति तथा कार्यक्रमको प्रचारप्रसार गर्नुका साथै कमी–कमजोरीप्रति ध्यानाकर्षण गराउने मुख्य जिम्मेवारी आफूहरुको रहने जिल्ला कमिटी अध्यक्ष चक्रबहादुर मल्लले बताए । जिल्ला सदस्यको शपथसँगै डोटीमा नेकपा जिल्ला कमिटी डोटीले पूर्णता पाएको छ । यसअघि जिल्ला अध्यक्षमा पूर्वएमालेबाट चक्रबहादुर मल्ल र सचिवमा पूर्वमाओवादी केन्द्रबाट जंगबहादुर विकले जिम्मेवारी पाएर शपथग्रहण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्