Logo
Logo

अखिल नेपाल किसान महासंघको मोरङको अध्यक्षमा प्रसाईँ



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अखिल नेपाल किसान महासंघको मोरङ जिल्ला कार्यसमिति गठन भएको छ । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो सदस्य तथा १ नं प्रदेश कमिटीका सचिव महेश रेग्मीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमले बलराम प्रसाईंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

गठित कार्यसमितिको उपाध्यक्षमा चन्द्र भट्टराई, चन्द्र खत्री, सचिवमा विक्रम मैनाली, सहसचिवमा राजेन्द्रप्रसाद मण्डल, अनिल श्रेष्ठ, मात्रिकाप्रसाद लुइँटेल, कोषाध्यक्षमा गोमा चौधरी र सदस्यमा सन्तोष आचार्य, सोम ढकाल र लोकबहादुर भण्डारी छन् ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघ केन्द्रबाट सिनामाया थापा, ध्रुव धामी, बलाराम प्रसाईं र ठगेन्द्रप्रसाद न्यौपानेलगायत पार्टी जिल्ला कमिटी अध्यक्ष चन्द्रवीर राईको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्