Logo
Logo

के गर्दैछन् लण्डनमा रणवीर-दीपिका ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० जेठ । यतिखेर बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण लण्डनमा छन् । हालैमात्र विवाह गरेका यी जोड त्यहाँ हनिमुन मनाउन गएका भने होइनन् । हाल बलिउड फिल्म ‘८३’को छायाँकन लण्डनमा हुँदैछ । रणवीर र दीपिका उक्त फिल्मको सुटिङकै क्रममा लण्डन पुगेका हुन् ।
रणवीर र दीपिका विवाहपश्चात पहिलोपटक एकसाथ फिल्म ‘८३’मा देखिन लागेका छन् । उनीहरु पर्दामा पनि पति–पत्नीकै भूमिकामा देखिने बताइएको छ ।
१५ मेबाट छायाँकन सुरु भएको उक्त फिल्ममा यी जोडीको प
प्रेम रोमान्स देख्न पाइने छ । फिल्ममा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्दैछन् ।
भारतीय मिडियाले उल्लेख गरेअनुसार फिल्मको पहिलो चरणको छायाँकन लण्डन र स्कटल्याण्डमा हुनेछ । त्यसका लागि शेड्युलमा एक सय दिन छुट्याइएको छ ।
उक्त फिल्मलाई ‘एक था टाइगर’का निर्देशक कबिर खानले निर्दशन गर्दैछन् । फिल्ममा रणवीर र दीपिकाका अलावा ताहिरराज भसिन, साकिब सलिम, एमी वर्क, साहिल खट्टर, चिराग पाटिलगायतको पनि अभिनय रहने छ । यो फिल्मको ८० प्रतिशत छायाँकन युरोपमै गरिने बताइएको छ । त्यसपछि दिल्ली र मुम्बइमा पनि छायाँकन हुनेछ

प्रतिक्रिया दिनुहोस्