Logo
Logo

प्रवेश र बानिकाको ‘अचार तिलैको‘ सार्वजनिक (भिडियो)



काठमाडौं । गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्यूजिक भिडियो सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्म यूट्युबमार्फत बिहीबार उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

‘अचार तिलैको’ बोलको गीतमा निर्मित भिडियो काभ्रे स्थित तीन पिप्लेमा छायाँकन गरिएको हो । म्यूजिक भिडियोमा सुमन बजगाईं र अञ्जना दुवाडीको साथमा सीताराम दाहालको समेत अभिनय रहेको छ ।

शर्मा जी प्यूठानको निर्देशन रहेको म्यूजिक भिडियोको गीतमा शब्द तथा संगीत भुवन सापकोटा र संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । सो म्यूजिक भिडियोको छाँयाकन तथा सम्पादन गौरव भण्डारीले गरेका हुन् ।

गायिका प्रधानले यसअघि ५० भन्दा बढि गीतमा आवाज दिइ सकेकी छन् भने गायक खतिवडाको यो पहिलो गीत हो । सार्वजनिक भएको अचार तिलैकोबाट खतिवडा बढि आशावादी छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्