Logo
Logo

नौ हजार रुसी सेना मारिएको युक्रेनी सेनाको दाबी


441
Shares

एजेन्सी । युक्रेनी सेनाले नौ हजार रुसी सेना मारिएको दाबी गरेको छ ।

युक्रेनको सेनाले ट्विट गर्दै रुसतर्फ ९ हजार सैनिक मारिनुका साथै ठूलो संख्यामा बख्तरबन्द गाडी र हतियार प्रणाली ध्वस्त भएको दाबी गरेको छ । जसमा २१७ ट्यांक, ३० एयरक्राफ्ट, ३१ हेलिकप्टर रहेको युक्रेनी सेनाले जनाएको छ

रुसी रक्षा मन्त्रालयले भने युक्रेनसँगको युद्धमा आफ्ना करिब ५ सय सैनिक मारिएको बताएको छ । फेब्रुअरी २४ मा रुसले युक्रेनको दोनेत्स्क र लुहाँस्कमा आक्रमण सुरु गरेको थियो । त्यसपछि राजधानी किभ र खर्खिभलगायतका सहरमा लगातार आक्रमण गरिरहेको छ ।

त्यस्तै प्रवक्ता कोनाशेनकोभलाई उद्धृत गर्दै रुसी सरकारी समाचार संस्था स्पुतनिकले युक्रेनतर्फ २ हजार ८ सय ७० जना मारिएको दाबी गरेको छ ।

त्यस्तै युक्रेनमा बढ्दै गएको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सैन्य बेस र आणविक हतियार निष्क्रिय बनाउन रुसी सैन्य कारबाही अगाडि बढाइएको समेत उसको दाबी छ ।

उता युक्रेनले संघर्षमा करिब ९ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको सेनाले ट्विट गर्दै रुसतर्फ ९ हजार सैनिक मारिनुका साथै ठूलो संख्यामा बख्तरबन्द गाडी र हतियार प्रणाली ध्वस्त भएको दाबी गरेको छ । जसमा २१७ ट्यांक, ३० एयरक्राफ्ट, ३१ हेलिकप्टर रहेको युक्रेनी सेनाले जनाएको छ ।

तर ८ दिनदेखि जारी संघर्षमा के कति क्षति भयो भन्नेबारे भने स्वतन्त्र रुपमा तथ्यांक बाहिर आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्