Logo
Logo

मण्डला नाटकघर नयाँ भवनमा



काठमाडौं । मण्डला नाटकघर नयाँ भवनमा सरेको छ । स्थापनाको १२ वर्षपछि मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनमा सरेको हो ।

विहिबार उपराष्ट्रपति नन्दबहादुर पुनले मण्डलाका दुई नयाँ नाटकघर उद्घाटन गरेका हुन् । उपराष्ट्रपति पुनले नयाँ भवनमा मञ्चन सुरु गरिएको नाटक ‘रोगन’को पनि अवलोकन गरेका छन् । कला, साहित्य र संस्कृतिको सम्वर्द्धन गर्ने दायित्व सरकारको भएको बताउँदै उनले मण्डलाको नाट्य यात्राको सफलताको कामना गरे ।

२०० सिट क्षमताको ठूलो अडिटोरियम र बाल नाट्यकक्षसहित दुईवटा नाटक घर रहेको नयाँ मण्डलामा अन्य सुविधा पनि उपलब्ध छन् । ३० आना जग्गालाई भाडामा लिएर मण्डलाले आफ्नै नाटकघर निर्माण गरेको थियो । नयाँ भवनमा नाटकघरसहित क्याफे, पुस्तकालय, पार्किङ र रेसिडेन्सी आवाससम्मको सुविधा उपलब्ध छन् । नयाँ भवनमा आउटडोर पर्फमेन्स गर्न मिल्ने सुविधा पनि छ ।

बिहीबारदेखि मञ्चन सुरु गरिएको नाटक ‘रोगन’ नियमित रुपमा मण्डलामा प्रदर्शन सुरु भएको छ । राजन खतिवडा निर्देशित नाटकलाई संयोग गुरागाईंले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्