Logo
Logo

प्रत्येक विद्यालयमा लागुऔषधविरुद्धको एकाइ गठन गर्न निर्देशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको एकाइ गठन गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयको अनुरोधमा संघीय मन्त्रालयले स्थानीय तहका प्रत्येक विद्यालयमा एकाइ गठन गर्न निर्देशन दिएको स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिएका छन् ।
मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आगामी असार ११ गते प्रत्येक विद्यालयमा एकाइ गठन गर्न निर्देशन दिएको हो ।
दिवस नेपालसहित विश्वभर मनाइन्छ । लागुऔषधको दुव्र्यसनबाट बालबालिका र युवा बढी प्रभावित हुने भएकाले लागुऔषधविरुद्ध जनचेतना जगाउन आवश्यक रहेकाले प्रत्येक विद्यालयमा एकाइ गठन गर्न थालिएको उनले बताए । सरकारले दिवस आगामी असार ६ देखि ११ गतेसम्म मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्