काठमाडौं । रुसको एक मात्र स्वतन्त्र सञ्चारमाध्यम ‘टीभी रेन’ले आफ्नो प्रसारण अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ ।
युक्रेन युद्धको समाचारका कारण ‘टीभी रेन’ दबावमा आएको बताइएको छ । रुसको दूरसञ्चार नियामकले यो साताको सुरुमै ‘उग्रपन्थलाई उक्साएको, रुसी नागरिकहरूलाई दुर्व्यवहार गरेको, शान्ति र सुरक्षामा व्यापक अवरोध ल्याएको र विरोध प्रदर्शनलाई प्रोत्साहित गरेको’ आरोपमा टीभी रेनलाई प्रतिबन्ध लगाएको थियो । बिहीबार सो टीभीले इन्टरनेटमा आफ्नो अन्तिम प्रसारण गरेको छ ।

‘युद्धलाई नाइँ भनौँ’ कर्मचारीहरू स्टुडियोबाट बाहिरिँदै गरेको दृश्यबीच एक संस्थापक नातालिया सिन्डेयेभाले भनेका छन् । यसअघि रुसमा बीबीसीको प्रसारणलाई पनि नियन्त्रित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएको थियो । (बिबिसी)
The Entire staff of the Russian TV channel “the rain” resigned during a live stream with last words: “no war” and then played “swan lake” ballet video (just like they did on all USSR tv channels when it suddenly collapsed) #Ukriane #UkraineRussiaWar #Russia #StandWithUkraine️ pic.twitter.com/o4LzUqnWLc
— Ukraine News UK (@UkraineNewsUK) March 4, 2022











