Logo
Logo

माओवादीको केन्द्रीय समिति बैठक सुरु


189
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । राष्ट्रियसभा गृहमा झण्डै साढे दुई घण्टा ढिलोगरी बैठक सुरु भएको हो ।

गत पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनपछि दोस्रोपटक बस्न लागेको हो । आजको बैठकमा एमसीसीबाहेक समसामयिक राजनीतिक परिस्थितिका साथै पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ ।

फागुन १५ मा एमसीसी अनुमोदनपछि माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ पक्षले असन्तुष्टि जनाएपछि मतभेद उत्पन्न भएको छ । बैठकमा नेता श्रेष्ठले एमसीसीबारे लिखित रुपमै फरकमत दर्ता गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्