Logo
Logo

गीतकार राईलाई नगदसहित सम्मान


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३० जेठ । बरिष्ठ कवि तथा गीतकार भुपाल राईलाई २ लाख १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । किराती नव–साँस्कृतिक केन्द्रले बुधबार राजधानीमा ‘यलम्बर सांस्कृतिक कार्यक्रम’ गरी गीतकार राईलाई सम्मान गरेको हो ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गीतकार राईलाई सम्मान प्रदान गरेका थिए ।
त्यस्तै, कार्यक्रममा बरिष्ठ गायक कुवेर राईलाई ३० हजार नगदसहित ‘किराती नवसांस्कृति सम्मान’ प्रदान गरिएको छ । कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईलाई २० हजार नगदसहित ‘किराती नवसांस्कृतिक प्रतिभा सम्मान’ प्रदान गरिएको छ ।
सम्मान तथा सांस्कृतिक कार्यक्रममा शम्भु राई, रुपकुमार राई, सत्यकला राई, डक्टर किरात, सरला राई, कला राईलगायतका गायक÷गायिकाले गीतसंगीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्