काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मिलेनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयलाई लिएर पार्टीभित्र देखिएको विवाद समाधान हुने बताएका छन् ।
पार्टीको कन्द्रीय कार्य समितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठकमा एमसीसीको विषय मुख्य एजेन्डा हुने र विवाद समाधान हुने विश्वास व्यक्त गरे ।
उनले भेन, ‘बैठक एमसीसी केन्द्रीत हुन्छ, एजेन्डा धेरै रहे पनि बैठकमा एमसीसीको विषय प्रमुख एजेन्डाका रुपमा प्रस्तुत हुने देखिन्छ ।’
नेता नारायणकाजी श्रेष्ठको असन्तुष्टिका विषमा उनले पार्टीभित्र फरक मत राख्न पाइने भन्दै त्यो वैधानिक कमिटीहरुमा राख्नु उपयुक्त हुने बताए ।
उनले भने, ‘पार्टी भित्र देखिएको विवाद साम्य हुन्छ नै कुरा मिलिसक्यो उहाँको माग के के थियो होला त्यो अध्यक्षले पुरा गर्नुभयो होला,‘उहाँ (नारायणकाजी)लाई वरिष्ठ उपाध्यक्ष न चाहिएको हो । त्यो भए पछि त समस्या समाधान भइहाल्यो नि ।’











