काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदन भएको बताएका छन् ।
केन्द्रीय कमिटी बैठक अघि शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आठौं राष्ट्रिय महाधिवेशनको निर्णय बमोजिम एमसीसी अनुमोदन भएको बताएका हुन् ।

उनले भने, ‘महाधिवेशनले संशोधन गरेर पास गर्ने भनेको, त्यही त भएको हो ।’ नेता यादवले महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदन हुँदा आपत्ति जनाउनुपर्ने कारण नरहेको बताए ।
उनले केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा नहुँदा असन्तुष्टि जनाएको बताउँदै भने, ‘बाबुरामले पद खतरामा पर्दा पद्दतिको कुरा उठाउनुहुन्थ्यो । अहिले पनि माग पूरा भएन भने पद्दतिको कुरा उठाउन थाल्नुहुन्छ । यो चरम व्यक्तिवाद हो ।’











