काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ले राष्ट्रघातीहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गरेको बताएका छन् ।

एमसीसीविरुद्ध ६ कम्युनिष्ट पार्टीले शुक्रबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले राष्ट्रघातीहरुले एमसीसी अनुमोदन गरेर अमेरिकी साम्रज्यवादको लविमा लामबद्ध भएको बताए ।
उनले भने, ‘राष्ट्रघातीहरुले एमसीसी पारित गरेर अमेरिकी लविमा लगे, विश्व साम्रज्यवादको लविमा लामबद्ध हुन खोजे । यसले यो देशलाई रणभूमी बनाउने छ ।’
उनले एमसीसी केवल एमसीसी मात्रै नभएको बताए । यो अमेरिकी साम्रज्यवादको मुख्य कुटनीतिभित्रको अंक भएको उनको भनाइ छ । उनले भने, ‘यो एमसीसी केवल एमसीसी होइन । आजको साम्रज्यवादको मुख्य कुटनीतिभित्रको अंक हो । त्यसकारण एमसीसीविरुद्धको संर्घष हाम्रो स्वाधिनताको लागि मात्रै होइन विश्व साम्रज्यवाद विरुद्धको संघर्ष हो ।’











