Logo
Logo

राष्ट्रिय युद्धको तयारीमा जुट्न सीपी गजुरेलको आह्वान


189
Shares

काठमाडौं । देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी विरुद्धको जनमतलाई राष्ट्रिय युद्धको तयारीको रुपमा अघि बढाउने विचार व्यक्त गरेका छन् ।

सरकारले एमसीसी अनुमोदन गरेको विरोधमा साना ६ कम्युष्टि पार्टी र दुई मोर्चाले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले यस्तो विचार व्यक्त गरेका हुन् ।

एमसीसी राष्ट्रघात रहेको बताउँदै अध्यक्ष गजुरेलले भनेका छन– ‘एमसीसीको नाममा सरकारले गरेको राष्ट्रघातको विपक्षमा ठूलो जनमत छ । यो जनमतलाई राष्ट्रियता रक्षाका निम्ति ‘राष्ट्रिय युद्ध’मा सामेल गराउनुपर्छ । जुन युद्धले देशमा आमूल परिवर्तन ल्याउनेछ । उक्त युद्धले देशका तमाम समस्याहरुलाई समाधान गर्नेछ ।’

एमसीसी राष्ट्रघाती सम्झौता भएकाले खारेज गर्नुको विकल्प नरहेको समेत उनले बताए । । उनले भने– ‘व्यख्यात्मक संवेधानका नाममा जनतलाई झुक्याउने काम भएको छ । यो राष्ट्रघात हो । यसलाई कार्यन्वयन गर्ने होइन, खारेज गर्नुपर्छ । खारेज नगरेसम्म राष्ट्रियताको रक्षा हुन सक्दैन ।’

पूर्वमाओवादी नेतासमेत रहेका गजुरेलले एमसीसी जस्तो राष्ट्रघात संसदबाट अनुमोदन गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि राष्ट्रियता विरोधी धार तय गरेको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्