काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारसम्मको लागि स्थागित भएको छ ।
आज (शुक्रबार)देखि सुरु भएको माओवादी केन्द्रको बैठक आइतबार बिहान ११ बजेसम्मको लागि स्थागित भएको हो । आइतबार अनुपम फुडल्याण्ड बानेश्वरमा बस्नेछ ।

आजको बैठक राष्ट्रिय सभा गृहमा बसेको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताको सम्बोधन सकिएसँग् बैठक स्थगित भएको घोषणा गरिएको हो ।
अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी अनुमोदन लगायतको विषय रिपोर्टिङ गरे। उनले एमसीसी अनुमोदन भएपछि गठबन्धन जोगिएको र यो गठबन्धन आउँदो चुनावसम्म कायमै रहने बताएका थिए । उनले गठबन्धन नजोगाएको प्रतिगामी शक्तिले टाउको उठाउने अवस्था रहेको समेत बताए ।
आइतबारको बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुने बताइएको छ । छलफलका लागि बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् ।











